कर्णबहादुर मल्लले दिए शेरबहादुर देउवाविरूद्ध उजुरी

नेपालभ्युज

कर्णबहादुर मल्लले दिए शेरबहादुर देउवाविरूद्ध उजुरी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ।

प्रधानमन्त्री समेत रहेका देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।

‘नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक जन्ममिति रहेको, शेरबहादुर देउवा उम्मेदवार हुन अयोग्य भएकोले निजको मनोनयन खारेज गरी पाउन यो उजुरी दिएको छु ।’ उजुरीमा मल्लले उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved