उम्मेदवारको विरोधमा उजुरी आज, २६ गते उम्मेदवारी फिर्ता लिन सकिने

नेपालभ्युज

 उम्मेदवारको विरोधमा उजुरी आज, २६ गते उम्मेदवारी फिर्ता लिन सकिने
फाइल तस्वीर

काठमाडौं । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज सोमबार दाबी विरोध गर्न सकिने भएको छ ।  निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी असोज २४ र २५ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्णय हुनेछ। असोज २५ गते आयोगले उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ भने असोज २६ गते उम्मेदवारको नाम फिर्ताका लागि समय तोकेको छ । २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकासन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved