प्रदेश र प्रतिनिधि सभाका लागि ५ हजार ८ सय भन्दा धेरैको उम्मेदवारी

आयोगबाट प्राप्त पछिल्लो तथ्याङ्कनुसार प्रतिनिधिसभामा २४ सय ९४ जनाको उम्मेदवारी परेको छ । ति मध्ये २२ सय ६१ पुरुष र २३३ महिला छन् । 

नेपालभ्युज

प्रदेश र प्रतिनिधि सभाका लागि ५ हजार ८ सय भन्दा धेरैको उम्मेदवारी

काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवर्द्धकरूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगबाट प्राप्त पछिल्लो तथ्याङ्कनुसार प्रतिनिधिसभामा २४ सय ९४ जनाको उम्मेदवारी परेको छ । ति मध्ये २२ सय ६१ पुरुष र २३३ महिला छन् ।

प्रदेशसभामा ३४  सय २३ को उम्मेदवारी परेको छ । ति मध्ये ३१ सय २७ पुरुष र २९५ महिला छन् । प्रदेश सभामा एकजना तेस्रो लिङ्गीले पनि उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले तथ्याङ्क अपडेट गर्ने क्रम चलिरहेकाले यसमा केही थप हुन सक्ने जनाएको छ ।

यसपटकको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा, डा बाबुराम भट्टराई, डा रामशरण महत, डा मिनेन्द्र रिजाल, हरिबोल गजुरेल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्यलगायतका नेता उम्मेदवारका रूपमा देखिएनन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नेपालको संसदीय निर्वाचनका हिसाबले छैटौँ र गणतन्त्र स्थापनापछिको दोस्रो हो । यसअघि विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ५५ र समानुपातिकतर्फ ४९ राजनीतिक दलले भाग लिएका थिए । त्यतिबेला दलका एक हजार चार सय ५२ र स्वतन्त्र चार सय ९२ गरी कुल एक हजार नौ सय ४४ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यसपटकको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा भाग लिन अनुमति प्राप्त राजनीतिक दलको सङ्ख्या ८६ र समानुपातिकतर्फ ४८ रहेको छ । मुलुकका एक सय ६५ प्रतिनिसभा सदस्य र तीन सय ३० प्रदेशसभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो ।

आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved