रुपन्देही ५ मा विष्णु पौडेल निकट बासुदेवको उम्मेद्वारी खोसेर खिमलाललाई दिइयो

तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेको टिकट अन्तिम समयमा खोसिएको हो । प्रदेशको राजनीतिमा भट्टराई महासचिव शंकर पोखरेल निकट मानिन्छन् भने घिमिरे उपाध्यक्ष विष्णु पौडेलको नजिक छन् । 

नेपालभ्युज

रुपन्देही ५ मा विष्णु पौडेल निकट बासुदेवको उम्मेद्वारी खोसेर खिमलाललाई दिइयो

बुटवल । रुपन्देही-५ मा नेकपा एमालेबाट खिमलाल भट्टराई उम्मेदवार बनेका छन् । यसअघि बासुदेव घिमिरेलाई दिइएको टिकट खोसेर भट्टराईलाई दिइएको हो । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक समेत रहेका भटराईलाई मनोनयनकै दिन टिकट दिइएको छ ।

यो क्षेत्रमा शनिबार घिमिरेलाई टिकट दिइएको थियो । तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेको टिकट अन्तिम समयमा खोसिएको हो । प्रदेशको राजनीतिमा भट्टराई महासचिव शंकर पोखरेल निकट मानिन्छन् भने घिमिरे उपाध्यक्ष विष्णु पौडेलको नजिक छन् ।

पछिल्लो पटक अध्यक्ष केपी शर्मा ओलीको आशिर्वाद पाएका कारण लुम्बिनी प्रदेशमा महासचिव पोखरेल उपाध्यक्ष पौडेलमाथि हावी भइरहेका छन् । त्यसकै कारण घिमिरेको टिकट खोसिएको जिल्लाका कार्यकर्ता बताउँछन् । घनश्याम भुषाललाई लखेट्न पनि पोखरेलकै हात रहेको आरोप लाग्ने गरेको छ ।

उम्मेदवार बन्न भट्टराईले राष्ट्रिय सभाबाट राजीनामा दिएका छन् । उनी अघिल्लो चुनावमा पनि यही क्षेत्रबाट आकांक्षी थिए । यस क्षेत्रबाट सत्ता गठबन्धनबाट भरतकुमार शाह उम्मेदवार बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved