अर्बपति चौधरी र हृदयेश त्रिपाठी नवलपरासीमा भिड्दै

नेपालभ्युज

अर्बपति चौधरी र हृदयेश त्रिपाठी नवलपरासीमा भिड्दै

काठमाडौं । समानुपातिकबाट प्रतिनिधित्व गर्दै आएका अर्बपति व्यापारी विनोद चौधरी यसपटक प्रत्यक्ष तर्फ चुनाव लड्दै छन् ।

नेपाली कांग्रेसले नवलपरासी १ मा चौधरीलाई टिकट दिएसँगै उनी पहिलो पटक चुनाव लड्न लागेका हुन् ।

यसअघि उनी कांग्रेसको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

त्यसअघि चौधरी २०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका थिए ।

सोही क्षेत्रबाट जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको उम्मेद्वारी हुने छ ।

त्रिपाठी अघिल्लो चुनावमा सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved