रामचन्द्रले तनहुँ १ मा टिकट पाए, २ मा भण्डारी

नेपालभ्युज

रामचन्द्रले तनहुँ १ मा टिकट पाए, २ मा भण्डारी

काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ।

शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो। कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्‍याएको छ।

कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ। विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी दुबै पराजित भएका थिए।

भण्डारीले पनि तनहुँ १ बाट उम्मेदवार हुन पार्टीमा आवेदन दिएका थिए। तनहुँ १ बाट पार्टीका नेताहरू गोविन्द भट्टराई र रामचन्द्र पोखरेलले पनि उम्मेदवारका लागि आवेदन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved