जुम्लामा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु, दुई बेपत्ता

नेपालभ्युज

जुम्लामा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु, दुई बेपत्ता
फाइल फोटो

काठमाडौं । जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । दुईजना पुरिएर हराएका छन् ।

कनकासुन्दरी गाउँपालिका वडा नम्वर ५ मा गएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनका छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेमध्ये सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved