लेस्टर सिटीद्वारा नटिङघम फराकिलो अन्तरले पराजित

नेपालभ्युज

लेस्टर सिटीद्वारा नटिङघम फराकिलो अन्तरले पराजित

काठमाण्डौ‌ । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई फराकिलो अन्तरले हराएको छ । राति भएको खेलमा लेस्टरले फरेस्टलाई ४–० ले हराएको हो ।

खेलको २५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा बर्नेसले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाए ।

त्यसपछि ७३ औं मिनेटमा डाकाले गोल गर्दै लेस्टरलाई ४–० को जित दिलाएका हुन् ।

८ खेलमा ४ अंक जोडेको लेस्टर १९ औं स्थानमा रहेको छ । यस्तै, फरेस्ट ४ अंक जोडेर पुछारमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved