राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

नेपालभ्युज

 राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले खेल तालिका शुक्रबार सार्वजनिक गरेको हो ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ९ टोलीलाई समुह ‘ए‘ र ‘बी’मा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश रहेका छन् । समूह ‘बी’मा भने नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश रहेका छन् ।

क्रिकेट प्रतियोगिता असोज २३ देखि कात्तिक १ सम्म सञ्चालन हुनेछ । हरेक दिन दुई खेल हुनेछ। पहिलो खेल बिहान सवा ९ बजे हुनेछ भने दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ ।

असोज २३ देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र मधेश प्रदेश भिड्दै छन् । दोस्रो खेलमा भने सुदूरपश्चिम र बागमती प्रदेश आमने सामने हुनेछन् ।

नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । यद्यपि, पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved