राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीको टिम प्रथम

नेपालभ्युज

राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीको टिम प्रथम

काठमाडौं । २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा १४ स्वर्णसहित नेपाल प्रहरीको टिम प्रथम भएको छ । नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा १४ स्वर्ण, १० रजत र १४ कास्य गरी ३८ पदक प्राप्त गरी नेपाल प्रहरीको टिम प्रथम भएको हो ।

प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीमध्ये गौरव लामाले १ स्वर्ण र ४ कास्य, सुविज्ञमान तुलाधरले ५ स्वर्ण र १ रजत, युवानलाल श्रेष्ठले १ रजत र ४ कास्य, सनिल कुमार थापा मगरले ३ रजत र १ कास्य, रेवान्त बहादुर श्रेष्ठले १ रजत, अभिभ प्रधानले ३ स्वर्ण र १ रजत, आयुक्ति थापाले २ स्वर्ण, समिरा सोभा थापा मगरले २ रजत र २ कास्य, सारसी खड्काले १ रजत र ३ कास्य, आर्य महर्जनले २ स्वर्ण तथा गौरव लामा, सुविज्ञ मान तुलाधर, युवान लाल श्रेष्ठ र सनिल कुमार थापा मगरले फ्रि स्टाईल रिलेमा १ स्वर्ण पदक प्राप्त गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को तयारी स्वरूप नेपाल पौडी संघको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved