खाद्यले कतिमा बेच्दै छ खसी-च्यांग्रा ?

नेपालभ्युज

खाद्यले कतिमा बेच्दै छ खसी-च्यांग्रा ?

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ । खाद्यले बुधबार बिहान ९ बजेदेखि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्रा बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

कम्पनीले जिउँदो च्यांग्राको प्रतिकिलो मूल्य १ हजार २६० र खसी-बोकाको मूल्य ६८० रुपैयाँ प्रतिकिलो तोकेर त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको जनाएको छ । छुट पछि खसी र च्यांग्राको खुद्रा बिक्री मूल्य क्रमश ६७० रुपैयाँ र १ हजार २५० रुपैयाँ प्रतिकिलो हुने कम्पनीले जनाएको छ ।

यसपटक ३ हजार वटा खसी-बोका किन्ने लक्ष्य राखे पनि त्यसलाई अहिले करिब २ हजार ४ सय वटा खरिदको प्रक्रिया पूरा भएको र आवश्यक परे थप खरिद गर्ने कम्पनीले जनाएको छ । यस पटक दार्चुलाबाट २०६ वटा च्यांग्रा ल्याइएको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved