विश्वकपपछि २०२४ को युरोकप पनि खेल्ने रोनाल्डोको इच्छा

नेपालभ्युज

विश्वकपपछि २०२४ को युरोकप पनि खेल्ने रोनाल्डोको इच्छा

काठमाडौं। पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले २०२२ को विश्वकपपछि पनि देशका लागि खेलिरहने चाहना रहेको बताएका छन् ।

उनले कतारमा यसै वर्ष हुने विश्वकपपछि आफ्नो लक्ष्य २०२४ को युरोकप पनि खेल्ने रहेको बताएका हुन् ।

‘यो यात्रा लामो भइसकेको छ, तर मेरो बाटो अझै सकिएको छैन, भन्ने अवसरको सदुपयोग गर्न चाहन्छु । म उत्प्रेरित महसुस गर्छु, मेरो महत्वाकांक्षा उच्च छ । म धेरै युवा खेलाडीहरूसँग छनोटमा छु र म यो विश्वकप र २०२४ को युरोपेली प्रतियोगिताको पनि हिस्सा बन्न चाहन्छु,’रोनाल्डोले भने ।

३७ वर्षीय लेजेन्ड फरवार्डका लागि कतारमा नोभेम्बर-डिसेम्बरमा हुने विश्वकप नै अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सक्ने चर्चा चलिरहेका बेला उनको यो भनाइ आएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved