सन्दीप लामिछानेविरुद्ध प्रहरीले थाल्यो इन्टरपोलबाट नोटिस जारी गराउने प्रक्रिया

प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च अधिकृतले जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्युरो (एनसीबी) काठमाडौँले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको छ। नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजीमा सहयोग गर्नेछन्।

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्ध प्रहरीले थाल्यो इन्टरपोलबाट नोटिस जारी गराउने प्रक्रिया

काठमाडौं। नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया शुरु गरेको छ। नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले खोजी जारी गरेको हो।

नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजीमा सहयोग गर्नेछन्। नेपाल प्रहरीको इन्टरपोल शाखाले फ्रान्सस्थित हेडक्वार्टरलाई पत्राचार गर्दै प्रक्रिया शुरु हुनेछ।

प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च अधिकृतले जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्युरो (एनसीबी) काठमाडौँले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको छ।

ती अधिकृतले भने, ‘‘पक्राउ पूर्जी जारी भइसकेकाले अनुसन्धानका क्रममा देखिएका थप प्रमाण समेत उल्लेख गरेर रेड नोटिस जारी गराउन कागजात जुटाउन थालेका छौँ।’’

५ भदौमा आफूलाई बलात्कार गरेको भन्दै १७ वर्षकी किशोरीले १६ दिनपछि २१ भदौमा उजुरी दिएकी थिइन्। लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए।

त्यसपछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न त्यहीँबाट जमैका गएका थिए। अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायतका मुलुकको भिसा रहेका उनी अहिलेसम्म स्वदेश फर्किएका छैनन्।

यो पनि पढ्नुहोस्-

‘सन्दीपलाई फसाउने केटी’ भन्दै निर्दोष युवतीको चरित्रहत्या, अर्कै भिडिओ काटेर भाइरल

विमानस्थलबाटै पक्राउ पर्नेछन् सन्दीप, यसरी अघि बढ्छ उनीविरुद्धको मुद्दा

बलात्कार आरोपबारे किन बोल्दैनन् सन्दीप ?

जाहेरीकर्ता किशोरीको स्वास्थ्य परीक्षण, होटलबाट लिइयो सीसीटीभी फुटेज

सन्दीप लामिछानेमाथि १७ वर्षिया किशोरी बलात्कार गरेको आरोप

बन्द प्रशिक्षणमा रहेका सन्दीप कसरी पुगे नगरकोट ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved