शीतल निवासमा चोलेन्द्रलाई प्रधान्यायाधीशकै हैसियतमा निम्ता

नेपालभ्युज

शीतल निवासमा चोलेन्द्रलाई प्रधान्यायाधीशकै हैसियतमा निम्ता

काठमाडौँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा निम्ता दिएकी छन् । राष्ट्रपति भण्डारीले आइतबार उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा सहभागी हुन निम्ता दिएकी हुन् ।

सरकारले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै  सर्वोच्च अदालत प्रवेश गर्न रोक लगाएकाबेला  राष्ट्रपति भण्डारीले  सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा जबरालाई प्रधान न्यायाधीशको  हैसियतमा निमन्त्रणा पठाएकी हुन् ।

सरकारले जबराका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता बोलाइसकेको छ ।

राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव दर्ता भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved