निलम्बित प्रधानन्यायाधीश जबराको सरकारी गाडी र पीएसओ फिर्ता बोलाइयो

नेपालभ्युज

निलम्बित प्रधानन्यायाधीश जबराको सरकारी गाडी र पीएसओ फिर्ता बोलाइयो

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासबाट सबै सरकारी सुविधाका गाडी र उनको निजी सुरक्षार्थ खटिएका सुरक्षाकर्मी  फिर्ता बोलाइएको छ ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनको सवारी साधनहरु पनि फिर्ता लगिएको बताइएको छ ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको संसदको कार्यकाल नै सकिएपछि राणाले आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको थियो।

राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। महाभियोगबारे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई शनिबार प्रतिवेदन बुझाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved