बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

भुटान ८-० गोल अन्तरले पराजित

बङ्गलादेश साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालभ्युज

बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं। बङ्गलादेश साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ८–० को फराकिलो गोलअन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।

बङ्गलादेशका लागि सबिना खातुनले ३ गोल गरिन्। मोसम्मत सिरात जहान शोपना, श्रीमोती सरकार, रिता मोना चक्मा, मसुरा प्रविन र तोहुरा खातुनले १-१ गोल गरे।

दोस्रो मिनेटबाटै गोल हान्न थालेको बंगलादेशले अन्तिमसम्म त्यो क्रम जारी राखेको थियो । खातुनको यो प्रतियोगितामा दोस्रो हयाट्रिक हो । दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । बेलुकी साढे ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved