बैंकर्सको निर्णयले सेयर बजारमा उच्च गिरावट, सबै उपसूचक घटे

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजारमा चरम निराशा देखिएको छ । बजार पकम नेप्से परिसूचक करिब ४६ अंकले घटेको छ । आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि ब्याजदर बैंकहरू आफै‌ंले तोक्न सक्ने निर्णय गरेको थियो ।

एनबीएको यस्तो निर्णयपछि बैंकहरूले ब्याजदर बढाउने अनुमानमा सेयर बजार घटेको एक लगानीकर्ताले बताए ।

परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर ६ मिनेट जाँदासम्म) नेप्से परिसूचक ४५.७६ अंकले घटेको छ । तर, कारोबार रकम भने ९४ करोड रुपैयाँभन्दा बढीको छ ।

सो अवधिसम्ममा सबै उपसूचक घटेका छन् । ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स २.२८ प्रतिशतले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved