बुधबार सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

नेपालभ्युज

बुधबार सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि हुँदा ४७.४४ अंकले बढेर बन्द भएको हो ।

गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार देखिएको छ । नेप्से २८ भदौ मंगलबार दोहोरो अंकले वृद्धि हुँदा आज लगातार दोस्रो दिन पनि हरियाली छाएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी र व्यापार उपसूचक भने करिब ६ प्रतिशतले बढेको छ । नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकम पनि बढेर डेढ अर्ब नजिक पुगेको छ । यो साता लगातार ३ दिनसम्म १ अर्बबाट तल झरेको कारोबार रकममा बुधबार भने सुधार भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved