मंगलबार सेयर बजारमा सुधार, ९२ करोड २५ लाखको कारोबार

नेपालभ्युज

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । पछिल्लो साता निरन्तर घटेको बजार मंगलबार भने २१.३० अंकले बढेको हो । बजार १९३४.०४ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको कारोबार भएको छ । मंगलबार बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस कम्पनीको मूल्य १९४.१० प्रतिकित्ताले बढ्दै २,१३६ रुपैयाँ पुगेको छ ।

मंगलबार मैलुङ खोला, सानिमा लार्ज क्याप, यूनिभर्सल पावर कम्पनी, रिभरफल्स कम्पनीसहितको सेयर मूल्य धेरैले बढ्यो । नबिल बैंक डिभेन्चरको मूल्य सबैभन्दा बढी ९.९५ प्रतिशतले घटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved