क्लिनिकल फर्मासिस्टको तह वृद्धि गर्न मन्त्रीको ध्यानाकर्षण

नेपालभ्युज

क्लिनिकल फर्मासिस्टको तह वृद्धि गर्न मन्त्रीको ध्यानाकर्षण

काठमाडौं। ‘क्लिनिकल फर्मासिस्ट’ को तह वृद्धि गर्न माग गरेको छ । नेप्लिज एसोसिएसन अफ क्लिनिकल फर्मासिस्टको टोलीले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई भेटेरै तह बढाउन माग गरेको हो ।

उनीहरूले २ सय शैय्या अस्पतालको प्रस्तावित दरबन्दीमा क्लिनिक फर्मासिस्टको तह आठौं बनाइएको भन्दै त्यसलाई सच्चाउन माग गरेका छन् ।

ज्ञापनपत्रमा वीर अस्पतालको स्वीकृत दरबन्दी संरचनामा पनि क्लिनिक फर्मासिस्ट नवौं-दशौं तहको भएको उल्लेख गर्दै उक्त नजिरका आधारमा २०० शैय्याको अस्पतालको दरबन्दी संरचनामा पनि क्लिनिक फर्मासिस्ट नवौं-दशौं तह बनाउन माग गरिएको छ ।

एसोसिएसनका अध्यक्ष डा. अनुपराज उप्रेतीले आफूहरूको मागप्रति मन्त्री खापुङ सकारात्मक रहेको प्रतिक्रिया दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved