चोलेन्द्रको चौथो दिनको बयान सुरु

नेपालभ्युज

चोलेन्द्रको चौथो दिनको बयान सुरु

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु गरिएको छ । आइतबार सुरु गरिएको जबराको चौथो दिनको बयान हो ।

यसअघिका तीन दिन लिइएको बयानमा जबरासित ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved