कोरोनाबाट थप २ जनाको मृत्यु, १५२ जनामा संक्रमण

नेपालभ्युज

कोरोनाबाट थप २ जनाको मृत्यु, १५२ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा  कोरोनाबाट २ जनाको मृत्यु भएको छ । १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, १३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved