नेप्सेमा दोहोरो अंकको पहिरो, ८२ करोड ६२ लाखको मात्रै कारोबार

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको पहिरो, ८२ करोड ६२ लाखको मात्रै कारोबार

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा आज (बुधबार)  दोहोरो अंकको गिरावट भएको छ । आज बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत) ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि  घटेको छ ।

यो सातामा बुधबार दोस्रो दिन कारोबार रकम १ अर्बबाट तल झरेको हो । आइतबार १ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर करिब ९१ करोडमा झरेको थियो । तर, मंगलबार पुनः बढेर १ अर्ब १९ करोड पुगे पनि बुधबार पुनः गिरावट भएको हो ।

बुधबार नेप्सेमा २९ लाख ४३ हजार ७२९ कित्ता सेयर किनबेच हुँदा ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ५ करोड १५ लाख ६० हजारको कारोबार हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजारको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved