इन्द्रजात्रा आजदेखि विधिवत् रुपमा सुरु

नेपालभ्युज

इन्द्रजात्रा आजदेखि विधिवत् रुपमा सुरु
फाइल तश्वीर

काठमाडौं। इन्द्रजात्रा आज बुधबारदेखि विधिवत् रुपमा सुरु भएको छ । काठमाण्डौमा मनाइने ठूलो पर्व  बुधबार बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो ।

बेलुका काठमाण्डौमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ ।  दिउँसो लाखे, सवःभक्कु, पुलुकिसिलगायत विभिन्न मुखौटा लगाइएका नाचहरु पनि सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ ।

यसै क्रममा बेलुका काठमाण्डौका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुका परिवारजनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ । त्यसका लागि काठमाण्डौ महानगरपालिकाले आवश्यक मार्गको व्यवस्थापन गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved