सिर्जनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

नेपालभ्युज

सिर्जनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। सिर्जनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो ।

लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये, कर्मचारीहरूका लागि ५ हजार ४७० कित्ता छुट्याइएको थियो ।

यस्तै, सामूहिक लगानी कोषका लागि १९ हजार ६९० कित्ता सेयर छुट्टयाएर बाँकी बसेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित आइपीओ बिक्री पछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved