निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान आज सुरु हुँदै

नेपालभ्युज

निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान आज सुरु हुँदै

काठमाडौं। महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले आज आइतबार पनि बयान लिँदैछ । विहीबार दोस्रो दिनको बयान लिएर समितिको बैठक आइतबारसम्मको लागि स्थगित भएको छ । आइतबार ११ बजे बैठक सुरु हुनेछ । बुधवार चार वटा प्रश्नको जवाफ दिएका राणाले बिहीबार दुई वटा प्रश्नको जवाफ दिएका थिए ।

निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको छ । बयानको पहिलो दिन हिजो ४३ प्रश्नमध्ये चार प्रश्नमा मात्रै छलफल भएको थियो । २ बयानका क्रममा उनले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लगाएका थिए ।

सात महिनादेखि निलम्बनको अवस्थामा रहेका उहाँमाथि महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved