राष्ट्रियसभाका चार समितिका सभापतिको निर्वाचन २३ भदौमा

राष्ट्रियसभामा हाल दिगो विकास तथा सुशासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति पद रिक्त रहेको छ ।

राष्ट्रियसभाका चार समितिका सभापतिको निर्वाचन २३ भदौमा

काठमाडौं । राष्ट्रियसभाका विषयगत चार समितिको रिक्त सभापतिको यही भदौ २३ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन भएको छ ।

राष्ट्रियसभाको शुक्रबारको  बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम ती समितिको सभापतिको निर्वाचनको मिति तोकेका थिए । अध्यक्षको निर्देशनका आधारमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले आज निर्वाचन कार्यक्रम प्रकाशन गरेका हुन् ।

कार्यक्रमअनुसार भदौ २२ गते बिहान ११ देखि साँझ ४ बजेसम्म राष्ट्रियसभाका सचिवको निजी सचिवालय, सिंहदरबारमा उम्मेदवारीको प्रस्ताव दर्ता, सोही दिन ४ः३० बजे प्रस्तावको सूची प्रकाशन र भदौ २३ गते अपराह्न १ बजे सम्बन्धित समितिको बैठककक्षमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तालिका रहेको छ ।

राष्ट्रियसभामा हाल दिगो विकास तथा सुशासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति पद रिक्त रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved