उदयपुरमा एकै परिवारका तीन जनाको हत्या, नातेदार पक्राउ

नेपालभ्युज

उदयपुर । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । प्रहरी कार्यालय, उदयपुरका अनुसार हत्या हुनेमा  बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोरा रहेका छन् ।

हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएअनुसार पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।

घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ’ यादवलेभने, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’

प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved