सेयर बजारमा आज पनि गिरावट, ७० करोडको मात्रै कारोबार

नेपालभ्युज

काठमाडौं। आज सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार आज बजार परिसूचक नेप्से १.६७ अंक (०.०८ प्रतिशत) ले गिरावट भएर १९७०.६२ अंकमा बन्द भएको छ ।

हाइड्रोपावर, लघुवित्त र अन्य उपसूचकमा सामान्य वृद्धि भएको छ । त्यसबाहेकका सबै उपसूचक घटेको छ । आइतबारदेखि बिहीबारसम्म दैनिक ४ घण्टा कारोबार हुने बजारमा शुक्रबार भने दुई घण्टा मात्रै कारोबार हुँदै आएको छ । बिहीबार १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको बजारमा शुक्रबार करिब ७० करोडको कारोबार भएको छ ।

शुक्रबार नेप्सेमा १८ लाख १ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक१० करोड ४ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३७ लाख ३ हजारको कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved