हालान्डको ह्याट्रिकमा सिटीले फरेस्टलाई ६ गोल हान्यो, आर्सनलको विजय यात्रा कायमै

नेपालभ्युज

हालान्डको ह्याट्रिकमा सिटीले फरेस्टलाई ६ गोल हान्यो, आर्सनलको विजय यात्रा कायमै

काठमाडौं।  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६-० गोलले हराएको छ । घरेलु मैदानमा नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको हो । जुलियन अल्भारेजले दुई तथा जोआओ क्यान्सेलोको एक गोल थपे ।

सिटी ५ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित नटिङहम फरेस्ट ४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

अर्को खेलमा अहिलेसम्म अपराजित रहेको आर्सनलले एस्टन भिल्लालाई २-१ गोलले हरायो । आर्सनलका लागि ग्याब्रियस जिसस र मार्टिनेलले गोल गरे । आर्सनल ५ खेलमा शतप्रतिशत जितसहित शीर्ष स्थानमा छ ।

अर्को खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई २-१ गोलले हरायो । लिभरपुलको लागि फिरमिनो र कारवाल्होले गोल गरे । जितसँगै लिभरपुल ८ अंकका साथ छैठौं स्थानमा पुगेको  छ ।

अर्को खेलमा टोटनहम र वेस्टहमले १-१ गोलको बराबरी खेले  । टोटनहम ११ अंकसहित तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved