जबराविरुद्ध नेपाल बार एसोसिएसनले उपलब्ध गरायो विभिन्न प्रमाण

नेपालभ्युज

जबराविरुद्ध नेपाल बार एसोसिएसनले उपलब्ध गरायो विभिन्न प्रमाण

काठमाडौं। नेपाल बार एसोसिएसनले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध विभिन्न प्रमाण उपलब्ध गराएको छ ।

जबराविरुद्ध लगाइएको महाभियोग महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरू उपलब्ध गराएको हो ।

एसोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न २४ वटा बुँदा समेटिएको छ । नेपाल बार एसोसिएसनले जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गर्दै आएको थियो भने महाभियोग लगाइएको विरोधमा स्वागत गरेको थियो ।

समितिले यसअघि जबरा विरुद्धको प्रमाण माग गर्दै बारलाई पत्राचार गरेको थियो भने स्वयम् जबरालाई पनि भदौ १५ गते छलफलका लागि बोलाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved