नेप्से सूचकमा ३४.४२ अंकको गिरावट, २ अर्बको कारोबार

नेपालभ्युज

नेप्से सूचकमा ३४.४२ अंकको गिरावट, २ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार आइतबार नेप्सेमा ३४ अंकमाथिको गिरावट भएको छ । यस दिन नेप्से सूचक ३४.४२ अंकले घटेर १९८८.२० अंकमा झरेको हो ।आज २ अर्ब ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै, ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ६.०५ अंकले घटेर ३८५.७० अंकमा झरेको नेप्सेले जनाएको छ । आज म्युचुअल फन्ड बाहेकमा १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.७४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.४२ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.६३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.५९ अंकले, माइक्रोफाइनान्स समूह २.२५ प्रतिशतले, ट्रेडिङ २.५ प्रतिशत र निर्जीवन बीमा समूह २.०४ प्रतिशतले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved