एमाले केन्द्रीय कमिटी बैठक बस्दै, उम्मेदवार छनोटका मापदण्ड तय गर्ने

आगामी चुनावका लागि उम्मेदवार छनौटका मापदण्ड तय गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले यसपालि चुनावमा युवा र नयाँ व्यक्तिहरूलाई अवसर दिइनुपर्ने बताइरहेका छन्।

नेपालभ्युज

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, उम्मेदवार छनोटका मापदण्ड तय गर्ने

काठमाडौं। आगामी चुनावका लागि उम्मेदवार छनोटका मापदण्ड तय गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले यसपालि चुनावमा युवा र नयाँ व्यक्तिहरूलाई अवसर दिइनुपर्ने बताइरहेका छन्।

एमालेले शुक्रबार र शनिबार केन्द्रीय कमिटी बैठक गर्न लागेको हो। शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरू हुनेछ।

केन्द्रीय कमिटीका लागि बिहीबार पोलिटव्यूरो बैठकले विभिन्न ११ वटा एजेन्डा पनि तय गरेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारी र आवश्यक रणनीतिबारे केन्द्रीय कमिटीमा छलफल हुनेछ। एमालेले सत्ता गठबन्धनसँग ’एक्लै प्रतिस्पर्धा’ गर्ने तयारी गरेको छ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने तयारी पनि छ। यस्तै गत वैशाखमा भएको स्थानीय चुनावबारे पनि समीक्षा गर्ने तयारी छ।

पार्टी सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने र मनोनीत चार जना केन्द्रीय सदस्यलाई शपथ गराउने कार्यक्रम पनि तय भएको एमालेले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved