एमालेको केन्द्रीय कमिटि बैठक आजदेखि,  घनश्याम भुसालले फरक मत राख्ने

केन्द्रीय कमिटिको बैठकका लागि बिहिबार बसेको पोलिटब्युरो बैठकले विभिन्न ११ वटा एजेन्डा तय गरेको छ । धेरै एजेन्डा आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनाव केन्द्रित रहेका छन् ।

नेपालभ्युज

एमालेको केन्द्रीय कमिटि बैठक आजदेखि,  घनश्याम भुसालले फरक मत राख्ने
फाइल तश्वीर

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज शुक्रवारदेखि सुरु हुँदैछ । बैठक विहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । केन्द्रीय कमिटिको बैठकका लागि बिहिबार बसेको पोलिटब्युरो बैठकले विभिन्न ११ वटा एजेन्डा तय गरेको छ ।

धेरै एजेन्डा आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनाव केन्द्रित रहेका छन् ।  सचिव योगेशकुमार भट्टराई लेका अनुसार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा सामूहिक छलफल गरी प्राप्त सुझावलाई समावेस गरी पारित गरिनेछ ।

त्यसैगरी बैठकमा सात वटै प्रदेशका प्रदेश कमिटीका अध्यक्षहरूले आ–आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्रको अवस्थासहितको रिर्पोटिङ गर्नेछन् । सचिव भट्टराईले आउँदो चुनावमा पार्टीको अवस्थाबारे त्यो रिर्पोटिङले पनि जानकारी गराउने भएकाले प्रदेश कमिटीका अध्यक्षहरूको रिर्पोटिङको विषयलाई पनि केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाइएको बताए। बैठकमा चुनावका लागि घोषणापत्र बनाउने कुरालाई पनि एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ ।

एमालेको केन्द्रीय कमिटी बैठकले आउँदो चुनावका लागि उम्मेदवारहरूको मापदण्ड पनि तय गर्नेछ । पोलिटब्युरो बैठकले पार्टीप्रति प्रतिबद्ध, राजनीतिक, वैचारिक हिसाबले स्पष्ट, जित्न सक्ने, सिनियर र लोकप्रियलाई उम्मेदवार बनाउने निर्णय गरेको र त्यही विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने सचिव भट्टराईले बताए ।

बैठकले केन्द्रीय कमिटी बैठकमा फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीका नेता घनश्याम भुसालले फरक मत प्रस्तुत गर्ने तयारी गरिरहेका बेला एमाले सचिव भट्टराईले केन्द्रीय कमिटी बैठकमा पनि त्यसबारे छलफल हुने बताए

पार्टीलाई एकताबद्ध राख्दै आजका चुनौतीहरूको सामना गरेर अघि बढ्ने गरी केन्द्रीय कमिटी बैठकमा छलफल हुने एमालेले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved