खडेरीले टेक्सासमा करोडौँ वर्ष पुरानो डायनोसरका खुट्टाका छाप फेला पर्न थाले

नेपालभ्युज

खडेरीले टेक्सासमा करोडौँ वर्ष पुरानो डायनोसरका खुट्टाका छाप फेला पर्न थाले

काठमाडौं। बढ्दो जनसंख्या वृद्धि र वनजंगल फँडानीका कारण जलवायु परिवर्तन र त्यसको असर चौतर्फी बढेको छ। पछिल्ला सातामा युरोपेली देशहरूमा चरम खडेरी परेको छ । यस्तो खडेरी अमेरिकामा पनि देखिएको छ । खडेरीले नदी सुक्दा अमेरिकामा करोडौँ वर्ष पुरानो डाइनोसरको खुट्टाको पैतालाको छाप फेला परेको छ ।

खडेरीले टेक्सासमा डायनोसर भ्याली स्टेट पार्क भएर बग्ने एउटा नदी सुक्दा ११३ मिलियन वर्षअघि डायनोसरको पैतालाको छाप फेला परेको हो । उक्त छाप संसारको सबैभन्दा लामो डायनासोर ट्र्याक वे मध्ये एक भएको जनाइएको छ ।

सुक्खा मौसमले उक्त छाप देखिएको अधिकारीहरूले बताएका छन् । ‘गर्मीमा अत्यधिक खडेरीका कारण धेरै स्थानहरूमा नदी पूर्ण रूपमा सुक्दा पार्कमा ट्र्याक देखिन थालेको टेक्सास पार्क तथा वन्यजन्तु विभागकी स्टेफानी सालीनस बताउँछिन् । ‘सामान्य नदीको अवस्थामा यी नयाँ ट्र्याकहरू पानीभित्र देख्न सकिँदैन’, उनले भनिन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved