निहारिकाको मुद्दामा ‘डीएनए’ परिक्षण गर्न उच्च अदालतको आदेश

नेपालभ्युज

निहारिकाको मुद्दामा ‘डीएनए’ परिक्षण गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मुद्दा प्रकरणमा डीएनए परिक्षण गर्न  आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको मुद्दामा शिवराज श्रेष्ठ र निहारिकाको बच्चाको डीएनए जाँच गर्न आदेश दिएको हो।

उच्च अदालत जनकपुरको ४ नम्बर इजलासमा भएको बहसमा नेहारिकाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरका न्यायाधिवक्ता यदुनाथ शर्मा, मिरा ढुंगाना, निशा रेग्मी, शान्ति काफले र रिंंकुकुमारी यादवले बहस गरेका थिए । प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम कुमार मिश्रले बहस गरेका थिए।

निहारिका छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए जाँचको माग गर्दै बारम्बार अनसन बस्दै आएकी थिईन् ।

प्रहरीले यसअघि नै शिवराजलाई पक्राउ गरि अभद्र व्यवहारको कसुरमा मुद्धा चलाएको छ । यसअघि शिवराजले जिल्ला अदालत धनुषाबाट सफाई पाए पनि निहारिकाले फैसलामा गम्भीर त्रुटी रहेको र आफूले न्याय नपाएको भन्दै डीएनए परीक्षणको माग गरेकी थिईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved