नेमकिपाले विरोधसभा गर्दै

नेपालभ्युज

नेमकिपाले विरोधसभा गर्दै

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आज (बिहीबार) राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ ।

नागरिकता विधेयकको विरोधमा कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँ बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ । नयाँ बानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।

पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले त्यसको विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved