बुधबार पनि घट्यो नेप्से, १ अर्ब ४० करोडको मात्रै कारोबार

नेपालभ्युज

बुधबार पनि घट्यो नेप्से, १ अर्ब ४० करोडको मात्रै कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ ।

दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर बन्द भएको हो । नेप्सेसँगै बैंकिङ जीवन बिमा, होटल तथा पर्यटन, व्यापार लगानी र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।  बुधबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको छ । बुधबार बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६० लाख कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १८ करोड ४३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ९१ लाखको कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयर मूल्य घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved