मंगलबार दल दर्ता गर्दै काँग्रेस, महिला प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत

नेपालभ्युज

मंगलबार दल दर्ता गर्दै काँग्रेस, महिला प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत

काठमाडौं । नेपाली काँग्रेसले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दल दर्ता गर्ने भएको छ ।  मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोग कार्यालयमा गएर दल दर्ता गर्ने काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ । केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य पुर्‍याएर दल दर्ता गर्ने काँग्रेसको तयारी छ । १६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा  ४३ जना महिला सदस्य छन् । अब  ३३ प्रतिशत महिला प्रतिनिधित्वका लागि थप १२ जना महिलालाई केन्द्रीय सदस्य बनाउनुपर्ने  छ ।  केन्द्रीय समितिमा हाल १४८ जना रहेका छन् ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा निर्वाचन आयोगमा दल दर्ता गर्न अघि केन्द्रीय सदस्य मनोनित गरे केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने भन्दै  सभापति देउवाको ध्यानाकर्षण गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved