थप १ हजार नेपाली कामदार लैजाने विषयमा मन्त्री कुँवर र इजरायली राजदूत गोदेरबीच छलफल

नेपालभ्युज

थप १ हजार नेपाली कामदार लैजाने विषयमा मन्त्री कुँवर र इजरायली राजदूत गोदेरबीच छलफल

काठमाडौं । इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो ।

राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आएका थिए । उनीहरूबीच विशेषगरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ ।

छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराए ।

त्यस्तै, उनले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved