सोमबार सुनको मूल्य घट्यो, तोलाको कति ?

नेपालभ्युज

सोमबार सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं।  सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेको छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved