परराष्ट्र मन्त्री खड्काले भेटे चिनियाँ समकक्षी वाङ यी

नेपालभ्युज

परराष्ट्र मन्त्री खड्काले भेटे चिनियाँ समकक्षी वाङ यी

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले उनका समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बुधबार परराष्ट्रमन्त्री खड्का र उनका समकक्षी विदेशमन्त्री यीबीच सान्दोङ प्रान्तको छिङ्दावमा भेटवार्ता भएको हो  ।

उनीहरुबीच भएको  भेटमा द्विपक्षीय हित र साझा सरोकारका  क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सहमती भएको छ ।

मंगलबार चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री खड्का बिहीबार स्वदेश  फर्किनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved