नीतीश कुमारले लिए बिहारको मुख्यमन्त्रीको सपथ, तेजस्वी बने उपमुख्यमन्त्री

नेपालभ्युज

नीतीश कुमारले लिए बिहारको मुख्यमन्त्रीको सपथ, तेजस्वी बने उपमुख्यमन्त्री

काठमाडौं । भारतको बिहार राज्यमा नीतीश कुमारले मुख्यमन्त्रीको सपथ लिएका छन् । उनी आठौं पटक मुख्यमन्त्री बनेका हुन् । यसअघि भारतीय जनता पार्टीसँग सम्बन्ध तोडेर उनले राष्ट्रिय जनता दल आरजेडीसँग लगनगाँठो जोडेका छन् ।

आरजेडी प्रमुख तेजस्वी यादव उपमुख्यमन्त्री बनेका छन् । नीतीश कुमारले भाजपासँगको गठबन्धन तोडेपछि मंगलबार राजीनामा दिएका थिए । लगत्तै उनले आरजेडीसँग मिलेर नयाँ सरकार बनाउने दाबी पेश गरेका थिए ।

नीतीश कुमारले आफूलाई १६५ विधायकको समर्थन रहेको दाबी गरेका छन् । बिहारमा आरजेडी सबैभन्दा ठुलो दल हो । भाजपा दोस्रो र नीतीशको जनता दल यूनाइटेड तेस्रो ठुलो छ । नयाँ सरकारलाई कांग्रेस र बामदलको पनि समर्थन रहेको बताईएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved