नर्भिकले नक्सा पास नगरी घर–टहरा बनाएको भन्दै भत्काउन मेयर बालेनको निर्देशन

नेपालभ्युज

नर्भिकले नक्सा पास नगरी घर–टहरा बनाएको भन्दै भत्काउन मेयर बालेनको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा तत्काल हटाउन निर्देशन दिएका छन् ।

नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले मेयर साहको निर्देशनअनुसार घर टहरा हटाउन र नहटाए नियमअनुसार कारबाही गर्ने भनी सूचना जारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved