युरोपियन फुटबलको नयाँ सिजन : यी हुन् उपाधिका मुख्य दाबेदार टिम

यदि, विश्वकपमा प्रमुख खेलाडी घाइते भएमा उपाधि दौडको समीकरण पुरै उलटपुलट हुन सक्छ। यो सिजन युरोपियन फुटबलको कुन लिग उपाधिमा को–को छन् त प्रमुख दाबेदार ?

युरोपियन फुटबलको नयाँ सिजन : यी हुन् उपाधिका मुख्य दाबेदार टिम

काठमाडौं। विश्व क्लब फुटबलमा युरोपियन फुटबलको राज छ। त्यसमा पनि सबैभन्दा लोकप्रिय घरेलु फुटबल लिग हो इङ्लिस प्रिमियर लिग। इंल्याण्डको इङ्लिस प्रिमियर लिगसँगै यूरोपका प्रमुख लिग मध्येका जर्मनीको बुन्डेशलिगा र फ्रान्सको लिग वानको नयाँ सिजन (२०२२–२३) का खेलहरू पनि यसै साताबाट शुरु भइसकेको छ।

त्यसैगरी स्पेनको ला लिगा र इटलीको सिरिया ए अर्को सातादेखि शुरु हुँदैछ। यो वर्ष, विश्वकप फुटबलको वर्ष हो। इतिहासमा नै पहिलो पटक विश्वकप फुटबल यो वर्ष हिउँदमा आयोजना हुन लागेको छ।

विश्वकप २०२२ आगामी नोभेम्बर, डिसेम्बर महिनामा कतारमा आयोजना हुँदैछ। यसअघि सधैँ विश्वकप फुटबल जुन, जुलाई महिनामा आयोजना हुने गरेको थियो। तर, यो समयमा कतारमा उच्च तापक्रम रहने हुनाले पहिलो पटक विश्व फुटबल महासंघ (फिफा) ले कतारलाई नोभेम्बर, डिसेम्बरमा विश्वकप आयोजनाको अनुमति दिएको हो।

विश्वकप हिउँदमा आयोजना हुने भएपछि यसको प्रत्यक्ष असर भने यूरोपको क्लब फुटबललाई पर्ने भएको छ। यसअघिका विश्वकपका संस्करणहरू युरोपियन क्लब फुटबलको करिब तीन महिना लामो ‘सिजन ब्रेक’ को समयमा आयोजना हुन्थ्यो। जुन समयमा एउटा सिजन सकिसकेको हुन्थ्यो भने नयाँ सिजन शुुरु भएको हुने थिएन।

हिउँदे विश्वकपले यो पटक युरोपियन क्लब फुटबलको नियमित तालिका नै बिग्रने भएको छ। करिब एक महिना चल्ने विश्वकपका लागि यो सिजन युरोपियन फुटबलमा करिब ६ हप्ता लामो ‘विन्टर ब्रेक’ हुनेछ।

क्लब फुटबल लगतै विश्वकप र विश्वकप लगतै फेरी क्लबबाट खेल्न फर्कनुपर्ने हुनाले धेरै जसो खेलाडी चोटग्रस्त हुने सम्भावना बढी छ। जसको असर उपाधि जित्ने योजनामा रहेका ठुला क्लबहरूको रणनीतिमा पर्नेछ।

यदि, विश्वकपमा आफ्ना प्रमुख खेलाडी घाइते भएमा त्यसले विश्वकप ‘ब्रेक’ अघिको उपाधि दौडको समीकरणलाई विश्वकप पछि पुरै उलटपुलट पार्न सक्छ। यो सिजन युरोपियन फुटबलको कुन लिग उपाधिमा को–को छन् त प्रमुख दाबेदार?

इङ्लिस प्रिमियर लिगमा सिटी र लिभरपुल कै दबदबा

गत सिजन लिग विजेता म्यानचेस्टर सिटी र उपविजेता लिभरपुलबिचको अंक भिन्नता मात्र एक थियो। त्यसमा पनि यी दुईबिच लिगको उपाधि जित्नको लागि यति प्रतिस्पर्धा चलेको थियो कि अन्तिम दिनको खेलपछि मात्र उपाधि विजेताको टुङ्गो लागेको थियो।

यो सिजन पनि प्रिमियर लिगमा यी दुई कै दबदबा हुने देखिन्छ। अझ सिटीको पल्ला केही भारी छ। गत पाँच सिजनमा चार पटक उपाधि उचालेको सिटीले यो सिजन केही नयाँ खेलाडीहरूलाई अनुबन्ध गर्दै टिमलाई अझ बलियो बनाउन खोजेको छ।

लिभरपुल पनि गत सिजन राम्रो लयमा रहे पनि च्याम्पियन्स् लिग र प्रिमियर लिगमा उपविजेतामा चित्त बुझाउनु परेको थियो। यो सिजन पनि उपाधि दौडमा सिटीलाई लिभरपुलसँगै चेल्सी, टोटेनहम र आर्सनलले टक्कर दिन सक्ने अनुमान छ।

जसमध्ये जर्मन क्लब बोरुसिया डर्टमण्डबाट हालका सबैभन्दा प्रभावशाली युवा स्ट्राइकर हाल्याण्डलाई भित्राउन सक्नु सिटीको लागि सबै भन्दा महत्त्वपूर्ण पक्ष हो। २२ वर्षको उमेरमा देशका लागि २० र क्लबका लागि १३० भन्दा बढी गोल गरिसकेका हाल्याण्डको खेलमाथि यो सिजन सबैको नजर हुनेछ। हाल्याण्डले सिटीका पूर्व स्टार स्ट्राइकर सर्जिओ अग्युरोको ठाउँ लिनसक्ने अनुमान छ।

रहिम स्टर्लिङ, ग्याब्रियल जिसस जस्ता स्टार खेलाडीहरूलाई क्लबबाट बिदा गरे पनि नयाँ खेलाडीहरूको भरपाईले टिम अघिल्लो सिजन भन्दा बलियो देखिन्छ।

लिभरपुल पनि गत सिजन राम्रो लयमा रहे पनि च्याम्पियन्स् लिग र प्रिमियर लिगमा उपविजेतामा चित्त बुझाउनु परेको थियो। यो सिजन पनि उपाधि दौडमा सिटीलाई लिभरपुलसँगै चेल्सी, टोटेनहम र आर्सनलले टक्कर दिन सक्ने अनुमान छ।

लिभरपुल र टोटेनहमले पनि यो सिजन नयाँ खेलाडी भित्राउन राम्रै रकम खर्च गरेका छन्। यी बाहेक अर्को टिम न्यूक्यासल युनाइटेड पनि प्रिमियर लिगको दौडमा अग्रपंक्तिमा आउन सक्ने विज्ञहरूको अनुमान छ। साउदी अरबको लगानी भित्राएको न्यूक्यासलसँग राम्रा खेलाडी भित्राउन पैसाको कमी छैन।

स्पेनमा बार्सिलोना लयमा फर्कन सक्ने

स्पानिस लिगमा बार्सिलोना र रियल मड्रिड बाहेक अन्य क्लबले बिरलै उपाधिमा दाबेदारी प्रस्तुत गर्छन्। गत सिजन लिगमा चिर प्रतिद्वन्द्वी बार्सिलोनासँग १३ अंकको अग्रतासँगै मड्रिडले उपाधि उचालेको थियो।

आर्थिक संकटका कारण लियोनल मेस्सी लगायत धेरै प्रमुख खेलाडीलाई टिममा राख्न नसकेको बार्सिलोना पछिल्लो सिजन खराब लयमा थियो। संकटको बेला क्लब समाल्न आएका पूर्व स्टार खेलाडी जाभीले याे सिजनको लागि केही राम्रा खेलाडी टिममा ल्याएका छन्।

मेस्सी र रोनाल्डोको बहिर्गमनपछि खल्लो बनेको स्पानिस लिगमा यो सिजन बार्साका लेवान्डोस्की र रियलका बेन्जेमा बिचको व्यक्तिगत प्रदर्शनको प्रतिस्पर्धाले केही रोमाञ्चकता थप्ने अनुमान छ।

त्यसैले पुनर्संरचनाको क्रममा रहेको बार्सिलोनसँगको उपाधि दौड यो पटक रियललाई गत सिजनको जस्तो सजिलो हुने छैन। बार्यन म्यूनिखबाट चर्चित स्ट्राइकर लेवान्डोस्कीसँगै र ब्राजिलियन विङ्गर राफिनासँगै अन्य खेलाडीलाई भित्राएपछि बार्सिलोना पुनः पुरानै फर्ममा फर्कने योजनामा छ।

मेस्सी र रोनाल्डोको बहिर्गमनपछि खल्लो बनेको स्पानिस लिगमा यो सिजन बार्साका लेवान्डोस्की र रियलका बेन्जेमा बिचको व्यक्तिगत प्रदर्शनको प्रतिस्पर्धाले केही रोमाञ्चकता थप्ने अनुमान छ।

फ्रान्समा पीएसजी र जर्मनीमा बार्यन कै वर्चस्व

गत सिजन अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई टिममा भित्राएपछि फ्रेन्च क्लब पीएसजीलाई घरेलु लिगमा टक्कर दिन सक्ने टिम कमै मात्र छन्। यसै पनि टिममा नेयमार, एम्बाप्पे जस्ता स्टार खेलाडी पहिलेदेखि नै छदै थिए।

स्टार खेलाडीहरूको जमघट रहेको पीएसजी नै यो पटक पनि फ्रेन्च लिगको प्रबल दाबेदार हो। यसै पनि पीएसजी खेल फ्रेन्च लिगको उपाधि जित्नुमा भन्दा पनि युरोपियन च्याम्पियन्स् लिगको उपाधि जित्नुमा केन्द्रित छ।

लेवान्डोस्की बार्यनका सबै भन्दा सफल स्ट्राइकर हुन् जसले क्लबका लागि २३८ खेलमा २५३ गोल गरेका छन्। सन् २०१४ मा यस क्लबमा आबद्ध भएपछिको हरेक वर्षमा बार्यनलाई लिग उपाधि दिलाउन उनको योगदान महत्त्वपूर्ण थियो।

यता जर्मनीमा बार्यन म्युनिख सर्वाधिक सफल क्लब हो। गत १० सिजनमा जर्मन लिगको उपाधि जित्नमा बार्यनलाई अन्य क्लबले रोक्न सकेको छैन। बार्यनले यो शृङ्खलालाई यो सिजन पनि दोहोराउने देखिन्छ।

हुन त यो सिजन जर्मन बुन्डेशलिगा कै सर्वाधिक सफल खेलाडी मध्येका एक लेवान्डोस्की बार्यन छाडेर बार्सिलोना गए।

लेवान्डोस्की बार्यनका सबै भन्दा सफल स्ट्राइकर हुन् जसले क्लबका लागि २३८ खेलमा २५३ गोल गरेका छन्। सन् २०१४ मा यस क्लबमा आबद्ध भएपछिको हरेक वर्षमा बार्यनलाई लिग उपाधि दिलाउन उनको योगदान महत्त्वपूर्ण थियो।

त्यसैले लेवान्डोस्कीको अभाव यो सिजन बार्यनलाई पक्कै खड्कने छ। तर उनको स्थानमा लिभरपुलबाट अर्का भरपर्दा स्ट्राइकर साडियो मानेलाई बार्यनले भित्राइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved