बर्खास्त भएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा हाजिर

नेपालभ्युज

बर्खास्त भएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा हाजिर

काठमाडौं । सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा पुन: हाजिर भएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो ।

भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजिर गरेको निगम स्रोतले जनाएको छ । सामान्यतयाः सरकारले बर्खास्त गरेपछि नेतृत्वमा बस्नेहरू कार्यालय जाने प्रचलन हुँदैन ।

सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए । सरकारले विभिन्न अभियोगमा छानबिन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved