इजरायलद्धारा गाजा क्षेत्रमा आक्रमण, शीर्ष कमान्डरसहित १० जनाको मृत्यु

मारिनेमा प्यालेस्टिनी सशस्त्र समूहका एक शीर्ष कमान्डर पनि छन्।

नेपालभ्युज

इजरायलद्धारा गाजा क्षेत्रमा आक्रमण, शीर्ष कमान्डरसहित १० जनाको मृत्यु

एजेन्सी। इजरायलको आक्रमणमा प्यालेस्टाइनको गाजामा कम्तीमा १० जनाको मृत्यु भएको छ। मारिनेमा प्यालेस्टिनी सशस्त्र समूहका एक शीर्ष कमान्डर पनि छन्। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले मृतकमध्ये एक बालक रहेको बताएका छन्। इजरायलको आक्रमणमा दर्जनौँ मानिस घाइते भएका छन्।

इजरायलका प्रधानमन्त्री यायर लेपिडले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) को खतरालाई मध्यनजर गर्दै यो कारबाही सुरु गरिएको बताएका छन्। यस हप्ताको शुरुमा एक पीआइजे सदस्यलाई पक्राउ गरिएको थियो।

इजरायली आक्रमणको जवाफमा, पीआइजे ले इजरायलमा कम्तिमा १०० रकेटहरू प्रहार गरेको छ। यीमध्ये अधिकांश रकेटहरू इजरायलले आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आइरन डोमको साथ बीचमै नष्ट गरेको थियो।

इजरायलका धेरै सहरहरूमा साइरन सुनियो। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रबार साँझ पनि हमला गरिएको र चरमपन्थीहरूलाई लक्षित गरेको बताएको छ।

टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै इजरायलका प्रधानमन्त्री लेपिडले भने, “इजरायलले आतंकवाद विरुद्ध सशक्त अभियान शुरु गरेको छ। यदि यसो नगर्ने हो भने खतराले छिट्टै ढोका ढकढक्याउनेछ ।

आइडीएफले आक्रमणमा प्रभावित क्षेत्रहरू पीआइजेसँग जोडिएको बताएको छ। यसमा गाजाको प्यालेस्टिनी टावर समावेश छ। यस भवनमा भीषण विस्फोट भएको छ र धुवाँको मुस्लो उठेको देखिएको छ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा टेसिर जबरी सहित चार पीआइजे सदस्यहरू मारिएको बताएका छन्। यसबाहेक मृत्यु हुनेमा पाँच वर्षीया बालिका पनि छन्। इजरायली आक्रमणमा अरु ५५ जना घाइते भएको उनीहरुले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved