राती २ बजेदेखि मुग्लिन-नारायणगढ सडक बन्द, केराबारीमा ठूलो पहिरो

नेपालभ्युज

राती २ बजेदेखि मुग्लिन-नारायणगढ सडक बन्द, केराबारीमा ठूलो पहिरो
फाइल तश्वीर

काठमाडौं। पहिरोका कारण मुग्लिन-नारायणगढ सडक बन्द भएको छ । गएराति २ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा ठूलो पहिरो गएकाले रातीदेखि सडक ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

अहिले डाेजर लगाएर पहिराे पञ्छाउने काम भइरहेको उहाँले बताउनुभयो  । पहिराे निकै ठूलो भएकाले पञ्छाउन समय लाग्ने अधिकारीको भनाई छ ।

यसअघि गएको सोमबार पनि यो सडक पहिरोकै कारण २४ घण्टासम्म बन्द भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved