मतदाता नामावली संकलन आजबाट स्थगित

निर्वाचन आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम आजबाट स्थगित गर्दैछ। चुनावको मिति घोषणा भएको पत्र पाउनासाथ निर्वाचन आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम स्थगित गर्ने अभ्यास अनुसार आजबाट रोक्न लागेको हो।

नेपालभ्युज

मतदाता नामावली संकलन आजबाट स्थगित

काठमाडौं। निर्वाचन आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम आजबाट स्थगित गर्दैछ। चुनावको मिति घोषणा भएको पत्र पाउनासाथ निर्वाचन आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम स्थगित गर्ने अभ्यास अनुसार आजबाट रोक्न लागेको हो।

मिति घोषणापछि मतदाता नामावली संकलन गर्न मिल्दैन।

अहिले अरू जिल्लाबाट आफ्नो स्थायी ठेगाना रहेको जिल्लामा समेत मतदाता नामावली संकलन गर्न मिल्ने व्यवस्था गरिएको छ। कतिपयले बसाइसराइका कागजातका आधारमा अर्को ठाउँमा समेत मतदाता नामावली कायम गर्न आवेदन दिएका छन्।

आयोगले एक साताभित्र अरू जिल्लाबाट संकलन भएका विवरण सम्बन्धित जिल्लामा पठाउने काम थाल्नेछ। जिल्लाले अद्यावधिक गरेर सबै विवरण निर्वाचन आयोगमा पठाउँछ। अनि आयोगले फेरि सम्बन्धित स्थानीय तहमा पठाएर अद्यावधिक गरेर त्यसलाई अन्तिम रूप दिन्छ। मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा अन्तिम रूप दिने कामका लागि ४०–५० दिन लाग्छ।

यसअघि अनलाइनबाट नामावली संकलनका लागि समय लिएकाहरुलाई साउन २१ गतेसम्म समय दिने तय गरेको छ। मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलन आजदेखि स्थगित हुने भएको हो।

अनलाइन फाराम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ।

आयोगले गत असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य शुरु गरेको थियो। प्रमुख आयुक्त दिनेश थपलियाले यसबीचमा भएको नामावली सङ्कलनबाट करिब १० लाख मतदाता थपिने अनुमान गरिएको बताए। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved