‘निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ’ : सुवास नेम्वाङ

नेपालभ्युज

‘निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ’ : सुवास नेम्वाङ
फाइल तस्वीर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ । तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुुनपर्छ ।’

हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उहाँले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । लोकप्रिय मतका आधारमा गत स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उनले उल्लेख गरे। ‘हामीले समयमै निर्वाचन घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ’, उनले भने ।

निर्वाचनमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाउँदै उनले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको बताए । ‘आवधिक निर्वाचन घोषणा भएको छ अब जनताले फैसला गर्नेछन् । निर्वाचनमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ’, उपाध्यक्ष नेम्वाङले भने । पार्टीले निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उनले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गरे । –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved